रूथ 1:16
रूथ 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रूथले जवाफ दिइन्, “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहीँ नै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
रूथ 1:16 पवित्र बाइबल (NERV)
तर रूथले भनिन्, “तपाईंलाई छाड्न मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किएर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
रूथ 1:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर रूथले उत्तर दिइन्, “तपाईंलाई छोड्न भनी मलाई कर नगर्नुहोस्। मलाई तपाईंसँगै जान दिनुहोस्। तपाईं जहाँ जानुहुनेछ र बस्नुहुनेछ, म त्यहीँ जानेछु र बस्नेछु। तपाईंका कुल-कुटुम्ब मेरा कुल-कुटुम्ब हुनेछन्, तपाईंको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ।