तीतस 3:1-2
तीतस 3:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्।
तीतस 3:1-2 नेपाली समकालीन संस्करण (NCV)
शासकहरू तथा अख्तियारवालाहरूको अधीनतामा बस्नू, आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैं सबै मानिसहरूप्रति नम्रता देखाऊन्।
तीतस 3:1-2 पवित्र बाइबल (NERV)
मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनी भन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु, कसैको विरूद्ध नराम्रो कुरा नगर्नु, अरूहरूसित शान्तिले बस्नु, अन्य मानिसहरू प्रति सहनशील अनि अति भद्र बन्नु। विश्वासीहरूलाई सबै मानिसहरूसित यसो गर्नु भनी भन।