जकरिया 8:16-17
जकरिया 8:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्: एक-अर्कासँग साँचो बोल्ने गर, र आफ्ना न्यायालयमा सत्य र असल न्याय गर। आफ्नो छिमेकीको विरुद्धमा खराब षड्यन्त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्नुहुन्छ।
जकरिया 8:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर! एक-अर्काको विरुद्धमा दुष्ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ।
जकरिया 8:16-17 पवित्र बाइबल (NERV)
यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँच्चो, ठिक र शान्ति ल्याउने निर्णय होस्। तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झूटो कसम नखाऊ। किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।