लूका 18:4-5
लूका 18:4-5 सरल नेपाली
केही दिनसम्म त उनले विधवाको कुरै सुनेनन्। तर पछि तिनले मनमनै भने, ‘हुन त मलाई परमेश्वरको डर पनि छैन र मानिसको वास्ता पनि छैन! तर यस विधवाले साह्रै दु:ख दिएकीले यसको कुरा विचार गरिदिनुपर्ला। नत्र यसले एकोहोरो आएर मलाई कचकच गरिरहन्छे र वाक्कै पार्छे’।”