1
रोमीहरूलाई पावलको पत्र 14:17-18
पवित्र बाइबल
परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।
Compare
Explore रोमीहरूलाई पावलको पत्र 14:17-18
2
रोमीहरूलाई पावलको पत्र 14:8
यदि हामी बाँच्छौ भने प्रभुको लागि बाँचिरहेकाछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।
Explore रोमीहरूलाई पावलको पत्र 14:8
3
रोमीहरूलाई पावलको पत्र 14:19
यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।
Explore रोमीहरूलाई पावलको पत्र 14:19
4
रोमीहरूलाई पावलको पत्र 14:13
यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्।
Explore रोमीहरूलाई पावलको पत्र 14:13
5
रोमीहरूलाई पावलको पत्र 14:11-12
हो, धर्मशास्त्रमा लेखिएको छः “‘जसरी म जिबित छु,’ परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिस मेरो सामु झुक्नेछ; अनि प्रत्तेकले मलाईनै परमप्रभु हुन् भन्नेछन्।’” यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।
Explore रोमीहरूलाई पावलको पत्र 14:11-12
6
रोमीहरूलाई पावलको पत्र 14:1
कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित तर्क नगर।
Explore रोमीहरूलाई पावलको पत्र 14:1
7
रोमीहरूलाई पावलको पत्र 14:4
तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।
Explore रोमीहरूलाई पावलको पत्र 14:4
Home
Bible
Plans
Videos