जब येशूले त्यहाँ आफ्नो आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी! हेर, तिम्रो छोरो!” अनि चेलालाई उहाँले भन्नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।