“मानौं तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने, के उसले पहिले नै बसेर त्यो बनाइ सिद्ध्याउने पर्याप्त खर्च आफूसित छ कि छैन भनी हिसाब गर्दैन र? किनकि यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने, त्यो देख्ने हरेकले त्यसको गिल्ला गर्नेछन्; अनि भन्नेछन्, ‘यस मानिसले बनाउन सुरु ता गर्यो, तर पूरा गर्न सकेन।’