१ यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र जब्दियाका छोरा यूहन्ना प्रेरितबाट लेखिएको हो, जो येशूका बाह्र चेलाहरूमध्ये एक जना थिए (मर्कूस १:१९-२०)। यूहन्नालाई “येशूले प्रेम गर्नुहुने चेला” भनिएको छ (यूहन्ना १३:२३; २१:२०)। नयाँ करारको “यूहन्नाको सुसमाचार”, यूहन्नाको तीन वटा पत्रहरू र “यूहन्नालाई भएको प्रकाश” यूहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि यूहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो।
त्यसैकारण यूहन्ना बढी अधिकारसित लेख्दछन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। यूहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयको लागि आफ्नो नाम लेख्न आवश्यक थिएन।
यो पत्र पढ्नेहरूले “अनन्त जीवन पाएका” छन् भन्ने जानून् भनेर यूहन्नाले यो पत्र लेखेका हुन् (१ यूहन्ना ५:१३)। तिनी उनीहरूलाई विश्वासमा बलिया बनाउन चाहन्छन्।
यो पत्र कुन ठाउँ वा कुन ख्रीष्टियान मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। शायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झूटा शिक्षाको विरोध गर्नलाई यूहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही-कोही झूटा शिक्षकहरू येशू खास मानिसको रूपमा संसारमा आउनुभएन भनेर सिकाउँदै थिए। येशू एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर यूहन्ना जोडसित येशू पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि येशू पूरा तवरले मानिस हुनुभएको भए, उहाँको मृत्युको कुनै मतलव हुने थिएन। उहाँ आफै हाम्रा पापका लागि बलिदान बन्न सक्नुहुनेथिएन।
Currently Selected:
१ यूहन्ना पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012