अय्यूब 42
42
अय्यूबको पश्चात्ताप
1तब अय्यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए:
2“तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन।
3तपाईंले सोध्नुभयो, ‘ज्ञानैविना #अयू ३८:२ मेरा सल्लाहलाई कसले धमिलो बनाउँछ?’ निश्चय मैले त आफैले नजानेका महान् कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्न नसक्ने साह्रै अचम्मका कुराहरू।
4“तपाईंले भन्नुभयो, ‘अब ध्यानसित सुन्, र म तँसँग बोल्नेछु, #अयू ३८:३ म तँलाई प्रश्न गर्छु,
र तैंले मलाई उत्तर दिनेछस्।’
5मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्दछु।
6यसैकारण म आफूलाई तुच्छ ठान्छु, अनि धूलो र खरानीमा बसेर म पश्चात्ताप गर्दछु।”
अय्यूबको सुदिन
7जब परमप्रभु अय्यूबसित बोलिसक्नुभयो तब उहाँले एलीपज तेमानीलाई भन्नुभयो, “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैँ तिमीहरूले भन्नुपर्ने ठीक कुरा भनेनौ। 8यसैले अब सात वटा साँढ़े र सात वटा भेड़ा लिएर मेरो दास अय्यूबकहाँ जाऊ, र तिमीहरू आफ्ना निम्ति होमबलि चढ़ाऊ, र त्यसले तिमीहरूका निम्ति अन्तर्बिन्ती चढ़ाउनेछ। म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खताअनुसार तिमीहरूसित व्यवहार गर्नेछैन, किनभने अय्यूबले झैँ मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौं।” 9तब एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तर्बिन्ती गरिदिँदा परमप्रभुले अय्यूबको प्रार्थना ग्रहण गर्नुभयो। 10यसरी अय्यूबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढ़ाइदिनुभयो। #अयू १:१-३
11त्यसपछि अय्यूबका सबै दाजुभाइ, दिदी-बहिनीहरू र तिनका अघिका परिचित मानिसहरू आएर तिनीसित तिनको घरमा भोज गरे, र परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै दुर्दशाहरूका निम्ति तिनीहरूले तिनलाई समवेदना र सान्त्वना प्रकट गरे। अनि हरेकले तिनलाई एक-एक टुक्रा चाँदी र एउटा-एउटा सुनको औँठी दिए। 12त्यसबाहेक परमप्रभुले अय्यूबको जीवनको पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढ़ी आशिष् दिनुभयो। तिनका चौध हजार भेड़ा, छ हजार ऊँट, हजार हल गोरु र एक हजार गधा थिए। 13तिनका सात छोरा र तीन छोरी भए। 14तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे। 15सारा देशमा अय्यूबका छोरीहरू जत्तिकै सुन्दरी अरू कोही थिएनन् अनि तिनका पिताले तिनीहरूलाई तिनीहरूका दाजुभाइसरह पैतृक-अधिकारको हिस्सा दिए।
16त्यसपछि अय्यूब अरू एक सय चालीस वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, र चार पुस्ता र खनातिसम्म देखे। 17आखिरमा तिनी पूरा बुढ़ेसकालमा दीर्घायु भएर मरे।
Currently Selected:
अय्यूब 42: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012