YouVersion Logo
Search Icon

योना पुस्‍तक परिचय

पुस्‍तक परिचय
योनाको अर्थ “ढुकुर” हो। योना उत्तरी राज्य इस्राएलको राजा यारोबाम दोस्रा (२ राजा १४:२३-२५) को राज्यको समयमा जबूलून कुलको सहर गात-हेपर भन्‍ने ठाउँको बासिन्दा थियो। (२ राजा १४:२५)। उनी इस्राएलमा यारोबामको समयमा जीवित थिए। उनले भविष्‍यवाणीमा इस्राएलले यारोबामको नेतृत्वमा आफ्नो सिमानाको वृद्धि हुनेछ भनी परमेश्‍वरको वचनको घोषणा गरे। योना होशे र आमोसका पालाका भविष्‍यवक्ता थिए। यो भविष्‍यवाणी इस्राएल अश्‍शूरीहरूको दासत्वमा पर्नुभन्दा अघि (७२२ ई.पू.) र अश्‍शूरी राजधानी निनवे बेबिलोनको अधीनमा पर्नुभन्दा अघि (७१२ ई.पू.) को घोषणा भएको थियो।
अध्याय १ मा योनालाई परमेश्‍वरको बोलावट र योनाको भनाई; अध्याय २ मा योनाको प्रार्थना; अध्याय ३ मा परमेश्‍वरको पुन: बोलावट र योनाको प्रचार; र अध्याय ४ मा दया (अनुग्रह) को विषयमा योनालाई परमेश्‍वरको शिक्षा यस पुस्तकका मुख्य खण्डहरू हुन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in