YouVersion Logo
Search Icon

मर्कूस पुस्‍तक परिचय

पुस्‍तक परिचय
मर्कूसचाहिँ येशूका बाह्र जना चेलाहरूमध्‍ये प्रमुख चेला सिमोन पत्रुसका घनिष्‍ठ सहयोगी थिए। पत्रुसले मर्कूसलाई “मेरो छोरो” भनेका छन्‌ (१ पत्रुस ५:१३)। मर्कूस बारनाबासका आफन्त र पावल प्रेरितका सहयोगी पनि थिए (प्रेरित १२:२५; कलस्‍सी ४:१०; २ तिमोथी ४:११)।
मर्कूस आफै पहिला बाह्र चेलाहरूमध्‍ये एक जना नभए पनि, तिनले येशूको जीवनको विषयमा सीधै पत्रुसबाट सिके। मुख्‍य गरी मर्कूसले आफ्‍नो सुसमाचार पत्रुसले तिनलाई भनेअनुसार लेखे। धेरैजसो बाइबलका विद्वानहरूको विचार यो छ कि मर्कूसले रोमी साम्राज्‍यको राजधानी रोम सहरमा यो सुसमाचार लेखे। जस्तो मत्तीले विशेष गरी यहूदी पाठकहरूका लागि आफ्‍नो सुसमाचार लेखे, त्यस्तै मर्कूसले विशेष गरी रोमीहरूका लागि यो सुसमाचार लेखे। चार वटा सुसमाचारमा मर्कूसको सुसमाचार सबभन्‍दा पहिले लेखिएको सुसमाचार थियो (हेर्नोस्‌ मत्तीको परिचय)। मर्कूसको सुसमाचार ईस्वी सम्बत्‌ ५५ र ६५ को बीचमा, अर्थात्‌ येशूको मृत्‍यु भएको झण्‍डै तीस वर्षपछि लेखिएको थियो। मत्ती र लूकाले पनि मर्कूसको सुसमाचारमा लेखिएका धेरै कुरा आ-आफ्‍ना सुसमाचारहरूमा गाभेका थिए। वास्तवमा, प्राय: मर्कूसको पूरा सुसमाचार मत्तीको सुसमाचारमा गाभिएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in