YouVersion Logo
Search Icon

फिलेमोन 1

1
1ख्रीष्‍ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल, र हाम्रा भाइ तिमोथीबाट,
हामीहरूका प्रिय मित्र अनि सहकर्मी फिलेमोनलाई, 2हाम्री बहिनी अफियालाई, हाम्रा सङ्गी-सिपाही अर्खिप्पसलाई र तिम्रो घरमा भेट हुने मण्डलीलाई:
3तिमीहरूलाई हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति होस्।
धन्यवाद ज्ञापन र प्रार्थना
4जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछु; 5किनकि म प्रभु येशूमा भएको तिम्रो विश्‍वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु। 6ख्रीष्‍टमा भएका हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्‍वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु। 7तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
ओनेसिमसको निम्ति पावलको विन्ती
8यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ; 9तापनि म प्रेमको आधारमा तिमीलाई विन्ती मात्र गर्दछु। त्यसो भए म वृद्ध मानिस पावल, जो अहिले ख्रीष्‍ट येशूको कारण कैदी हुँ। 10म तिमीलाई मेरो छोरो ओनेसिमसको#1:10 ओनेसिमसको अर्थ उपयोगी लागि विन्ती गर्दछु, जो म कैदमा हुँदा मेरो छोरा भयो। 11जो कुनै समय तिनी तिम्रो लागि बेकम्मा थियो, तर अब त तिनी तिम्रो र मेरो निम्ति कामलाग्दो भएको छ।
12म उसलाई, जो मेरो मुटु नै हो, तिमीकहाँ पठाउँदैछु। 13सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई तिनले तिम्रो स्थान लिऊन् भनेर म तिनलाई मसँग राख्न रुचाउने थिएँ; 14तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ। 15शायद तिनी केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले तिनलाई सधैंको लागि फेरि भेट्टाउनलाई होला। 16सेवकजस्तै गरी होइन, तर सेवकभन्दा पनि अझ बढ्ता, तर एकजना प्रिय भाइजस्तै, तिनी मेरो निम्ति अति प्रिय छन्, तर तिम्रो निम्ति तिनी एक मानिस अनि प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छन्।
17यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने, तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उनलाई पनि स्वागत गर। 18यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने, त्यो मेरो हिसाबमा राखिदेऊ। 19म पावल आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला, कि तिमी स्वयम् पनि मप्रति ऋणी छौ। 20प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ। 21तिम्रो आज्ञाकारीताको कारण निश्‍चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
22अनि अझ अर्को कुरा, मेरो निम्ति एउटा पाहुना कोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा म तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
23ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।
24अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।
25प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासँग रहोस्।

Currently Selected:

फिलेमोन 1: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in