1
२ राजाहरू 5:1
नेपाली नयाँ संशोधित संस्करण
नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्ना मालिकको दृष्टिमा एक ठूला मानिस थिए, र अति इज्जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्ठरोगी पनि थिए।
तुलना
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:1
2
२ राजाहरू 5:10
एलीशाले उनलाई यसो भन्न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:10
3
२ राजाहरू 5:14
यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्ट स्वयम् डुबुल्की मारे, र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो।
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:14
4
२ राजाहरू 5:11
तर नामान रिसाएर यसो भन्दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्किआएर परमप्रभु आफ्ना परमेश्वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्लाएर मेरो कुष्ठरोग निको पारिदिनेछन् होला।
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:11
5
२ राजाहरू 5:13
तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस् भनी भन्नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस् भन्नुभएकोमा तपाईंले झन् किन नगर्ने?”
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:13
6
२ राजाहरू 5:3
त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!”
अन्वेषण गर्नुहोस् २ राजाहरू 5:3
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
योजनाहरू
भिडियोहरू