1
उपदेशक 2:26
नेपाली नयाँ संशोधित संस्करण
जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 2:26
2
उपदेशक 2:24-25
मानिसले खानु, पिउनु र आफ्नो काममा सन्तुष्ट रहनुभन्दा अरू अझ बढ़ी केही गर्न सक्दैन। यो पनि परमेश्वरको हातबाट आएको म देख्छु। किनभने उहाँविना कसले खान वा सुख प्राप्त गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 2:24-25
3
उपदेशक 2:11
तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्येक कुरा व्यर्थ थियो। बतासलाई खेदेको जस्तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्धि भएन।
अन्वेषण गर्नुहोस् उपदेशक 2:11
4
उपदेशक 2:10
मेरा आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।
अन्वेषण गर्नुहोस् उपदेशक 2:10
5
उपदेशक 2:13
मैले के देखें भने जसरी अँध्यारोभन्दा उज्यालो असल हुन्छ, त्यसरी नै मूर्खताभन्दा बुद्धि असल हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 2:13
6
उपदेशक 2:14
बुद्धिमान् मानिसका आँखा त्यसको शिरमा हुन्छन्, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ।
अन्वेषण गर्नुहोस् उपदेशक 2:14
7
उपदेशक 2:21
किनभने बुद्धि, ज्ञान र निपुणतासित कुनै मानिसले काम गरे तापनि त्यसले प्राप्त गरेका सबै अरू कसैको लागि छोड़िदिनैपर्छ, जसले त्यसको निम्ति काम गरेकै छैन। यो पनि व्यर्थ, र ठूलो दुर्भाग्य हो।
अन्वेषण गर्नुहोस् उपदेशक 2:21
होम
बाइबल
योजनाहरू
भिडियोहरू