केही समयपछि तिनका मालिककी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, “मसँग सुत्।”
तर तिनले अस्वीकार गरेर आफ्ना मालिककी पत्नीलाई भने, “हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन, र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा मभन्दा ठूलो कोही छैन। उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?”