यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए, र परमप्रभुले तिनलाई भन्नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्।” पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए।