1
यूहन्ना 10:10
नेपाली नयाँ संशोधित संस्करण
“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
तुलना
अन्वेषण गर्नुहोस् यूहन्ना 10:10
2
यूहन्ना 10:11
म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:11
3
यूहन्ना 10:27
“मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:27
4
यूहन्ना 10:28
तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:28
5
यूहन्ना 10:9
ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:9
6
यूहन्ना 10:14
“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:14
7
यूहन्ना 10:29-30
मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्। पिता र म एक हौं।”
अन्वेषण गर्नुहोस् यूहन्ना 10:29-30
8
यूहन्ना 10:15
जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:15
9
यूहन्ना 10:18
कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
अन्वेषण गर्नुहोस् यूहन्ना 10:18
10
यूहन्ना 10:7
यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:7
11
यूहन्ना 10:12
भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ।
अन्वेषण गर्नुहोस् यूहन्ना 10:12
12
यूहन्ना 10:1
“साँच्चै, म तिमीहरूलाई भन्दछु, जो भेड़ा-गोठको ढोकाबाट भित्र पस्दैन, तर अर्कोपट्टिबाट चढ़ेर पस्छ, त्योचाहिँ चोर र डाँकू हो
अन्वेषण गर्नुहोस् यूहन्ना 10:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू