लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए। अनि उनीहरू इस्राएलीहरूका केही मानिसहरू, अर्थात् सभामा बोलाइएका, समुदायमा नाउँ चलेका दुई सय पचास नेताहरूसित मोशाको विरुद्धमा खड़ा भए।