1
भजनसंग्रह 143:10
नेपाली नयाँ संशोधित संस्करण
तपाईंको इच्छा पूर्ण गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंका भलो आत्माले मलाई सोझो बाटोमा डोर्याऊन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:10
2
भजनसंग्रह 143:8
प्रात:कालले तपाईंको अचूक कृपाको वचन ल्याओस्, किनकि तपाईंमा नै मैले भरोसा राखेको छु। कुन मार्गमा मैले हिँड्नुपर्ने हो त्यो मलाई सिकाउनुहोस्, किनकि मेरो आत्मा म तपाईंतिर उचाल्दछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:8
3
भजनसंग्रह 143:9
हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, किनकि मैले आफैलाई तपाईंमा लुकाएको छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:9
4
भजनसंग्रह 143:11
हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो प्राणको सुरक्षा गरिदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई विपद्बाट मुक्त गरिदिनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:11
5
भजनसंग्रह 143:1
हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनुहोस्, दयाको लागि मैले गरेको पुकारा सुनिदिनुहोस्। तपाईंको विश्वसनीयता र धार्मिकतामा मलाई सहायता दिनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:1
6
भजनसंग्रह 143:7
हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्, मेरो आत्मा शिथिल हुन्छ। आफ्नो मुहार मबाट नलुकाउनुहोस् नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:7
7
भजनसंग्रह 143:5
म अतीतका दिनहरू स्मरण गर्दछु, र तपाईंका सबै कार्यहरूमा मनन गर्दछु, अनि तपाईंका हातले गरेका काममाथि विचार गर्दछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू