धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”