यशैयाले राजासित बिदा लिए तर राजमहलका माझमा भएको आँगन पार गर्नुअघि नै परमप्रभुले उनलाई फर्केर मेरा प्रजाका राजा हिजकियाकहाँ गई यसो भन् भनी आज्ञा गर्नुभयो, “म परमप्रभु तेरा पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनें र तेरा आँसु देखें। म तँलाई बिसेक गराउनेछु र तीन दिनमा तँ मन्दिरमा जानेछस्।