1
एस्तर 6:1-2
सरल नेपाली पवित्र बाइबल
त्यस रात राजालाई निद्रा लागेन। उनले भारदारहरूलाई राज्यका इतिहासको विवरण आफूकहाँ ल्याएर पढ्न लगाए। तिनीहरूले पढेका विवरणमा कसरी मोर्दकैले राजाका कोठाका पहरादार काम गर्ने महलका दुई नपुंसकहरू बिग्थाना र तेरेशले राजालाई मार्ने जाल गरेका कुरा पत्ता लगाएका थिए, त्यो कुराको पनि बयान थियो।
तुलना
अन्वेषण गर्नुहोस् एस्तर 6:1-2
2
एस्तर 6:6
हामान भित्र पसे। राजाले उनलाई भने, “एक जना मानिस छ, जसलाई सम्मान गर्ने मेरो ठूलो इच्छा छ। कसरी मैले त्यसलाई सम्मान गरूँ?” हामानले मन-मनै सोचे, “राजाले कसलाई त्यस्तो सम्मान दिने इच्छा गरे होलान्? मलाई त होला नि?”
अन्वेषण गर्नुहोस् एस्तर 6:6
3
एस्तर 6:10
तब राजाले हामानलाई भने, “चाँडो गर। घोडा र पोशाकहरू ल्याऊ। यहूदी मोर्दकैलाई त्यसरी नै सम्मान गर। तिमीले अहिले भनेअनुसार सबै कुरा उनको निम्ति गर। तिमीले उनलाई महलको ढोकामा बसिरहेका भेट्टाउनेछौ।”
अन्वेषण गर्नुहोस् एस्तर 6:10
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू