1
उत्पत्ति 35:11-12
सरल नेपाली पवित्र बाइबल
अनि परमेश्वरले उनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। तेरा धेरै सन्तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:11-12
2
उत्पत्ति 35:3
हामी यो ठाउँ छोडी बेथेलमा जान्छौं। त्यहाँ म परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछु। जुन परमेश्वरले कष्टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:3
3
उत्पत्ति 35:10
परमेश्वरले उनलाई भन्नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्वरले इस्राएल नाम दिनुभयो।
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:10
4
उत्पत्ति 35:2
याकूबले आफ्नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ।
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:2
5
उत्पत्ति 35:1
परमेश्वरले याकूबलाई भन्नुभयो, “झट्टै बेथेलमा गएर त्यहाँ बास गर्। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्वरलाई अथवा मलाई त्यहाँ एउटा वेदी बना।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:1
6
उत्पत्ति 35:18
तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्यामीन’ राखे।
अन्वेषण गर्नुहोस् उत्पत्ति 35:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू