1
लूका 8:15
सरल नेपाली पवित्र बाइबल
मलिलो माटोमा परेको बिउले बुझाउँछ कि कति जनाले वचन सुन्छन् र आज्ञाकारी भएर सुनेको वचनलाई असल रूपले मनमा राख्छन् र समयमा धेरै फल फलाउँछन्।
तुलना
अन्वेषण गर्नुहोस् लूका 8:15
2
लूका 8:14
काँडा घारीहरूमा परेको बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन त सुन्छन्, तर संसारको चिन्ता, धन-सम्पत्ति र सुख-विलासले गर्दा विश्वासलाई बढ्न र हुर्किन नै दिँदैनन् र तिनीहरूबाट केही फल फल्दैन।
अन्वेषण गर्नुहोस् लूका 8:14
3
लूका 8:13
ढुङ्गामा परेका बिउले बुझाउँछ कि तिनीहरूले परमेश्वरको वचन सुनेर खुसीसाथ लिन्छन्, तर त्यो वचन राम्ररी मनमा राख्न सक्दैनन्। त्यसो हुँदा तिनीहरूको विश्वास छिनभरिको लागि मात्र हुन्छ अनि अप्ठ्यारो र दु:खको समयमा विश्वास हराउँछ।
अन्वेषण गर्नुहोस् लूका 8:13
4
लूका 8:25
येशूले चेलाहरूलाई भन्नुभयो, “खै, तिमीहरूको विश्वास?” तिनीहरू छक्कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्दा रहेछन्।”
अन्वेषण गर्नुहोस् लूका 8:25
5
लूका 8:12
बाटोमा परेको बिउले बुझाउँछ कि तिनीहरूले वचन सुन्न त सुन्छन् तर मनमा राख्न सक्दैनन्, कारण विश्वास गरेर बाँच्न नपाऊन् भनेर शैतान आउँछ अनि सुनेका कुरा टिपेर लैजान्छ।
अन्वेषण गर्नुहोस् लूका 8:12
6
लूका 8:17
यसरी नै गुप्त राखिएका कुरा जे जति छन्, ती सबै खुल्ला पारिनेछन् र बुझ्नलाई गाह्रो भएका कुरा जे जति छन्, ती सबै स्पष्ट हुनेछन् र सबैले बुझ्नेछन्।
अन्वेषण गर्नुहोस् लूका 8:17
7
लूका 8:47-48
अब लुकिरहनुनहुने रहेछ भन्ने थाहा पाएर ती स्त्री डरले काम्दै आइन् र उहाँको पाउमा परिन्। तिनले उहाँलाई छोएको र छुनेबित्तिकै निको भएको कुरा सबैको सामुन्ने भनिन्। येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।”
अन्वेषण गर्नुहोस् लूका 8:47-48
8
लूका 8:24
त्यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्न लागे, “गुरुज्यू, हे गुरुज्यू, हामीहरू त मर्न आँटिसक्यौं।” यो सुनेर येशू उठ्नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्यति नै खेर आँधीबेहरी थामियो र सबै शान्त भइहाल्यो।
अन्वेषण गर्नुहोस् लूका 8:24
होम
बाइबल
योजनाहरू
भिडियोहरू