1
मर्कूस 2:17
सरल नेपाली पवित्र बाइबल
तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्छ। त्यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 2:17
2
मर्कूस 2:5
तिनीहरूका विश्वास देखेर येशूले त्यस कुँजो मानिसलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।”
अन्वेषण गर्नुहोस् मर्कूस 2:5
3
मर्कूस 2:27
येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो।
अन्वेषण गर्नुहोस् मर्कूस 2:27
4
मर्कूस 2:4
मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्याउन सकेनन्। त्यसो हुँदा येशू बस्नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले।
अन्वेषण गर्नुहोस् मर्कूस 2:4
5
मर्कूस 2:10-11
तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” तब येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
अन्वेषण गर्नुहोस् मर्कूस 2:10-11
6
मर्कूस 2:9
यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु र ‘ओछ्यान बोकेर हिंड’ भन्नुमा कुनचाहिँ सजिलो होला, भन त?
अन्वेषण गर्नुहोस् मर्कूस 2:9
7
मर्कूस 2:12
सबैले हेर्दाहेर्दै त्यो मानिस जुरुक्क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्यो। मानिसहरू छक्क परे र परमेश्वरको प्रशंसा गर्दै भन्न लागे, “यस्तो त हामीले कहिल्यै पनि देखेका थिएनौं।”
अन्वेषण गर्नुहोस् मर्कूस 2:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू