1
फिलिप्पी 4:6
सरल नेपाली पवित्र बाइबल
केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।
तुलना
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:6
2
फिलिप्पी 4:7
परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:7
3
फिलिप्पी 4:8
आखिरमा दाजुभाइहरू, तिमी सत्य, असल, ठीक, स्वच्छ, सुन्दर, आदरणीय र प्रशंसनीय कुरामा मन लगाओ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:8
4
फिलिप्पी 4:13
म ख्रीष्टले दिनुभएको शक्तिले नै यी सबै कुरा गर्न सक्छु।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:13
5
फिलिप्पी 4:4
प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:4
6
फिलिप्पी 4:19
मेरा परमेश्वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्ट येशूमा भएको उहाँको असीम धन सम्पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:19
7
फिलिप्पी 4:9
मैले भनेको तिमीहरूले सुनेका र देखेका छौ। तिमीहरूले मबाट सिकेको र पाएको शिक्षाहरू नै पालन गर्ने गर अनि शान्ति दिने परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:9
8
फिलिप्पी 4:5
तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:5
9
फिलिप्पी 4:12
खाँचो पर्दा पनि र प्रसस्त हुँदा पनि कसरी जीवन चलाउने, म जान्दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्तुष्ट भएर जिउन सिकेको छु।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:12
10
फिलिप्पी 4:11
म खाँचोमा भएँ भनेर यो मैले भनेको होइनँ कारण जे कुरा मसित छ, त्यसैमा सन्तोष मान्न मैले सिकेको छु।
अन्वेषण गर्नुहोस् फिलिप्पी 4:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू