किनभने धर्मशास्त्रले भन्छ, “उहाँमा विश्वास गर्नेले कहिल्यै पनि निराश हुनुपर्नेछैन,।” यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्ले धनी तुल्याउनुहुन्छ। धर्मशास्त्रले भन्छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।”