यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”
ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”