तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! किनभने धर्मशास्त्रमा यो लेखिएको छ,
‘उहाँले तिम्रो रक्षाको लगि
आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’
यो पनि लेखिएको छ,
‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्,
जसद्वारा तिम्रो पाउ ढुङ्गामा बजारिने छैन।’”
येशूले उत्तर दिनु भयो, “यो पनि धर्मशास्त्रमा भनिएको छ