तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”
मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालु हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौं।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए।