1
2 शमूएल 18:33
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
राजा शोकले अति व्याकुल भए। तिनी मूलढोकाको माथि भएको कोठामा गएर रोए। कोठामा हिँड्दै गर्दा तिनले भने, “हे मेरो छोरा अब्शालोम! मेरो छोरा, मेरो छोरा, अब्शालोम! तिम्रो सट्टामा म मरेको भए हुनेथियो—हे अब्शालोम, मेरो छोरा, मेरो छोरा!”
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 18:33
2
2 शमूएल 18:9-10
युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्चरमा सवार थिए। जब तिनको खच्चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्चरचाहिँ अगि बढिरह्यो। जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।”
अन्वेषण गर्नुहोस् 2 शमूएल 18:9-10
होम
बाइबल
योजनाहरू
भिडियोहरू