“ ‘यी मानिसहरूकहाँ जा र भन्,
“तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ;
तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।”
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्;
आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्,
र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्;
नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए,
आफ्ना कानले तिनीहरू सुन्नेथिए,
आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए,
र म तिनीहरूलाई निको पार्नेथिएँ।’