YouVersion लोगो
खोज आइकन

बाट लोकप्रिय बाइबल पदहरू {{chapter}}

जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो। अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो; तर ती हरेक प्राणीका चार वटा अनुहार र चार वटा पखेटाहरू थिए। तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे। ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए। अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।