राष्ट्रहरू क्रोधित भएका थिए,
र तपाईंको क्रोध आइपुगेको छ।
मरेकाहरूको न्याय हुने बेला आएको छ;
अनि तपाईंका सेवक अगमवक्ताहरू,
तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नामको डर मान्छन्;
ठूला र सानाहरू दुवैलाई पुरस्कार दिने बेला आएको छ;
अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”