1
प्रकाश 22:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
म नै अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 22:13
2
प्रकाश 22:12
“हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।
अन्वेषण गर्नुहोस् प्रकाश 22:12
3
प्रकाश 22:17
आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:17
4
प्रकाश 22:14
“जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:14
5
प्रकाश 22:7
“हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”
अन्वेषण गर्नुहोस् प्रकाश 22:7
6
प्रकाश 22:5
अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:5
7
प्रकाश 22:20-21
यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह परमेश्वरका सबै जनहरूसँग रहोस्! आमेन।
अन्वेषण गर्नुहोस् प्रकाश 22:20-21
8
प्रकाश 22:18-19
म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 22:18-19
होम
बाइबल
योजनाहरू
भिडियोहरू