जसरी नूहको दिनमा भएको थियो, त्यसरी नै मानिसका पुत्रको आगमनमा पनि हुनेछ। किनकि जलप्रलय अघिका दिनहरूमा नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुनेछ भनी थाहा नै थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ।