YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी पुस्तक परिचय

पुस्तक परिचय
पावलको समयमा दक्षिण ग्रीसमा भएका सहरहरूमध्ये कोरिन्थचाहिँ सबैभन्दा नामी र महत्वपूर्ण सहर थियो। एफिसस जस्तै कोरिन्थ एउटा व्यापारिक र सांस्कृतिक केन्द्र थियो। कोरिन्थ अखैया भन्‍ने प्रदेशको राजधानी थियो, जुन प्रदेश दक्षिण ग्रीसमा पर्थ्यो। त्यसकारण सुसमाचार प्रचार गर्नलाई कोरिन्थ एउटा आवश्यक र महत्वपूर्ण ठाउँ थियो। झण्डै ईस्वी सम्बत्‌ ५० मा पावल आफ्‍नो प्रचार गर्ने दोस्रो यात्राको अन्तमा कोरिन्थमा बस्थे। पहिले पावलले यहूदीहरूको सभाघरमा प्रचार गरे; तर धेरैजसो यहूदीहरूले पावलको शिक्षालाई नमानेका हुनाले यहूदी सभाघर छोडेर तिनले अन्य जातिहरूमा प्रचार गर्न थाले (हेर्नोस्‌ प्रेरित १८:१,४-७,९-११)।
कोरिन्थमा नयाँ मण्‍डली स्थापना गरेपछि पावल त्यो ठाउँ छोडेर लगभग ईस्वी सम्बत्‌ ५३ मा एफिससमा गए, जहाँ तिनी दुई वर्षसम्म बसे। एफिसस कोरिन्थबाट समुद्रपारि डेढ सय कोस पूर्वमा (अहिलेको टर्की देशमा) पर्थ्यो र यी दुई सहरको बीचमा धेरै मानिसहरू पानीजहाजबाट आवत जावत गर्ने गर्थे।
एफिससमा हुँदाखेरि पावलले कोरिन्थबाट ख्रीष्‍टियानहरूको व्यवहारको विषयमा बेमेलका केही कुरा सुने। त्यसको साथै कोरिन्थका ख्रीष्‍टियानहरू आफैले विभिन्‍न प्रश्न सोध्‍नको निम्ति पावललाई चिट्ठी लेखेका थिए। ती दुई कारणबाट झण्‍डै ईस्वी सम्बत्‌ ५४ मा पावलले कोरिन्थीहरूलाई यही पहिलो पत्र लेखे। यस पत्रमा पावल पहिले कोरिन्थीहरूको अनुचित व्यवहारको सम्बन्धमा केही अर्ती र चेताउनी दिन्छन्, र त्यसपछि तिनीहरूका प्रश्नका जवाफ दिन्छन्‌।
पावलको जीवनको विषयमा अझै बुझ्‍नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्‌।

अहिले सेलेक्ट गरिएको:

१ कोरिन्थी पुस्तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्