१ राजाहरू 2
2
सोलोमनलाई दाऊदले जिम्मा दिएका
1जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आखिरी जिम्मा दिए।
2“संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, 3र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्, 4र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्: ‘यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन’।
5“सरूयाहको छोरो योआबले मलाई के गर्यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्यसले के गर्यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्तिकै अवस्थामा छँदा पनि त्यसले तिनीहरू दुवैलाई मार्यो। त्यही रगतले आफ्ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्यो। #२ शमू ३:२७; २०:१० 6तिम्रो बुद्धिले जे-जस्तो बताउँछ, त्यहीअनुसार त्यससित व्यवहार गर, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा#2:6 हिब्रू: पातालमा; त्यस्तै पद ९ मा पनि नजाओस्।
7“तर गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्ये होऊन्। तिम्रो दाजु अब्शालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे। #२ शमू १७:२७-२९
8“अनि तिमीसँग भएको बहूरीमको बेन्यामीनी गेराको छोरो शिमीलाई याद राख्नू। म महनोममा गएको दिन त्यसले #२ शमू १६:५-१३; १९:१६-२३ मलाई खूबै सरापेको थियो। जब त्यो यर्दन नदीमा मलाई भेट्न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ। 9तर अब त्यसलाई तिमीले निर्दोष नसम्झ। तिमी बुद्धिमान् मानिस छौ र त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तिमीले जान्नेछौ। त्यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्।”
10तब दाऊद आफ्ना पित्रहरूसित सुत्न गए, र दाऊदको सहरमा गाड़िए। 11तिनले इस्राएलमा चालीस वर्षसम्म राज्य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा। #२ शमू ५:४-५; १ इति ३:४ 12अनि सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्थापित भयो। #१ इति २९:२३
सोलोमनको सिंहासन स्थापित भएको
13अब हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।” 14तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्नु छ।”
तिनले भनिन्, “भन।”
15अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्टियो। राज्य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्छाअनुसार त्यो तिनको नै थियो। 16अब मैले तपाईंलाई एउटा बिन्ती चढ़ाउनुपरेको छ। त्यो इन्कार नगर्नुहोला।”
तिनले भनिन्, “त्यो के हो?”
17उनले भने, “मैले शूनम्मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस्।” #१ राज १:३-४
18बतशेबाले जवाफ दिइन्, “हुन्छ, तिम्रो निम्ति म राजासँग कुरा गरिदिनेछु।”
19जब अदोनियाहको निम्ति कुरा गरिदिनलाई बतशेबा राजाकहाँ गइन्, तब राजा तिनलाई स्वागत गर्नलाई उठे र तिनलाई दण्डवत् गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्ति सोलोमनले एउटा सिंहासन ल्याउने हुकुम दिए, र तिनी राजाको दाहिनेपट्टि बसिन्। 20तिनले भनिन्, “मैले एउटा सानो बिन्ती तिमीसँग गर्नुपरेको छ। त्यो मलाई इन्कार नगर।”
राजाले जवाफ दिए, “के भन्नु छ, आमा? म तपाईंलाई त्यो इन्कार गर्नेछैनँ।”
21तिनले भनिन्, “शूनम्मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।”
22राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “शूनम्मी अबीशगलाई अदोनियाहसँग विवाह गरिदिनलाई तपाईं किन बिन्ती गर्नुहुन्छ? तपाईंले राज्य नै माग्नुभए पनि हुन्थ्यो, किनभने उनी मेरा दाज्यै हुन्— हो, अबियाथार पूजाहारी र सरूयाहका छोरा योआबका निम्ति पनि।”
23तब सोलोमन राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मसँग कठोरभन्दा कठोर व्यवहार गरून्। 24अब मलाई मेरा पिता दाऊदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्छु, कि आज नै अदोनियाह मारिनेछ!” 25तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।
26अबियाथार पूजाहारीलाई राजाले भने, “अनातोतमा तिम्रो आफ्नै जग्गाजमिनमा जाऊ। तिमी त मारिन योग्यका छौ, तर म अहिले तिमीलाई मार्नेछैनँ, किनभने तिमीले मेरा पिता दाऊदको सामुन्ने परमप्रभुको सन्दूक बोक्ने गर्थ्यौ, र उहाँले सहनुभएका सबै दु:खमा तिमी सहभागी भएका थियौ।” #१ शमू २२:२०-२३; २ शमू १५:२४ 27यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो। #१ शमू २:२७-३६
28जब यो समाचार योआबकहाँ पुग्यो, जसले अब्शालोमसँग होइन, तर अदोनियाहसँग षड्यन्त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे। 29योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन् भन्ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए।
30यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ’।”
तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।”
बनायाहले राजालाई योआबको कुरा सुनाए। 31तब राजाले बनायाहलाई हुकुम गरे, “त्यसले भनेअनुसार नै गर। त्यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ। 32त्यसले बगाएको रगतको सट्टा परमप्रभुले त्यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाऊदले थाहै नपाई त्यसले आफूभन्दा अझ असल र सोझा दुई जना निर्दोष मानिसहरूलाई— इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासालाई— आक्रमण गरेर तरवारले मारेका थिए। 33तिनीहरूका रगतको दोष योआब र त्यसका सन्तानमाथि सधैँभरि रहोस्। तर दाऊद र उहाँका सन्तान, उहाँका घराना र उहाँको सिंहासनमाथि परमप्रभुबाटको शान्ति सदासर्वदा रहोस्।”
34यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े। 35राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे।
36त्यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्नो निम्ति एउटा घर बनाएर त्यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू। 37सहर छोड़ेर किद्रोन खोल्सा पार गर्यौ भने तिमी मर्नेछौ। त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।”
38शिमीले राजालाई जवाफ दिए, “हजूरले जे भन्नुहुन्छ, त्यो असलै छ। मेरा प्रभु महाराजाले आफ्नो सेवकलाई भन्नुभएझैँ म गर्नेछु।” अनि धेरै समयसम्म शिमी यरूशलेममा बसे।
39तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए। 40जब शिमीले “तिम्रा दासहरू गातमा छन्” भनी सुने, तब उनी आफ्नो गधामा जीनकाठी कसेर आफ्ना दासहरूलाई खोज्न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्ना दासहरूलाई ल्याए,
41जब सोलोमन राजालाई शिमी यरूशलेमबाट गातमा गएर फर्केका समाचार सुनाइयो, 42तब तिनले शिमीलाई बोलाइपठाए, र भने, “के मैले तिमीलाई परमप्रभुको नाउँमा शपथ खान लगाई यसो भनेर चेताउनी दिएको थिइनँ: ‘जुन दिन अन्त कहीँ जानलाई यो ठाउँ छोड़्यौ भने तिमी निश्चय नै मर्नेछौ’? त्यस बेला तिमीले मलाई भन्यौ, ‘हजूरले जे भन्नुभयो त्यो असलै छ। म हजूरको हुकुम पालन गर्नेछु’। 43परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?”
44तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्ट्याइँ तिमीलाई आफ्नो हृदयमा थाहै छ। अब परमप्रभुले त्यस दुष्ट्याइँको साटो लिनुहुन्छ। 45तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।”
46तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए, र तिनी बाहिर गए, र शिमीलाई हिर्काएर मारे। यसरी अब सोलोमन राजाको राज्य सुदृढ़साथ स्थापित भयो।
अहिले सेलेक्ट गरिएको:
१ राजाहरू 2: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012