१ राजाहरू पुस्तक परिचय
पुस्तक परिचय
राजाहरूको पहिलो पुस्तकमा हामी इस्राएली राजाहरूको इतिहास हेर्दछौं। जुन इतिहासको सुरुवात पहिलो शमूएलमा भएको थियो। पहिलो राजालाई तीन खण्डमा छुट्याउन सकिन्छ:
१. दाऊदको मृत्युको घटना, सोलोमन इस्राएल र यहूदाका राजा बनेका
२. सोलोमनको राजत्वकाल र उपलब्धिहरू
३. इस्राएल राष्ट्र उत्तर र दक्षिण राज्यमा विभाजित भएको घटना र विभिन्न राजाहरूले ८५० ई.पू. सम्म राज्य चलाएका घटना विवरण।
पहिलो राजाको पुस्तकमा महान् अगमवक्ताहरूले मानिसहरूलाई ठूला-ठूला चेताउनी दिएका थिए। यी मध्ये उल्लेख्य व्यक्तित्व हुन् एलिया। बाल-देवताका पूजाहारीहरूको सामुन्ने तिनको चुनौती र टक्करको घटना हामी १८ अध्यायमा पाउँछौं। पहिलो र दोस्रो राजाका पुस्तक सुरु सुरुमा एउटै पुस्तक थिए। यी दुवै पुस्तकमा हामी चार सय वर्षको समयलाई हेर्न पाउँछौं।
अहिले सेलेक्ट गरिएको:
१ राजाहरू पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012