YouVersion लोगो
खोज आइकन

१ शमूएल 3:8-10

१ शमूएल 3:8-10 NNRV

परमप्रभुले तिनलाई तेस्रो पल्‍ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे। उनले शमूएललाई भने, “ढल्‍किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्‍नू, ‘परमप्रभु, भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ’।” तब शमूएल गएर आफ्‍नो ठाउँमा ढल्‍किए। तब परमप्रभु त्‍यहाँ आएर उभिनुभयो, र अघिजस्‍तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ।”