१ शमूएल 8
8
इस्राएलीहरूले राजाको माग गरेका र शाऊल राजा चुनिएका
1जब शमूएल वृद्ध भए तब तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्ता नियुक्त गरे। 2तिनको जेठा छोराको नाउँ योएल र माहिलाको नाउँ अबिया थियो। तिनीहरूले बेर्शेबामा सेवा गर्थे। 3तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँड़ेनन्, तर उनीहरू आफ्नै लाभको मात्र विचार गरी घूस लिएर न्याय भ्रष्ट गर्थे।
4यसकारण इस्राएलका सबै धर्म-गुरुहरू भेला भई रामामा शमूएलकहाँ आए। 5तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।” #व्य १७:१४
6तर शासनको निम्ति राजाको माग सुनी शमूएल दु:खी भए, तिनले परमप्रभुसित प्रार्थना गरे। 7तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्। तिनीहरूले मलाई नै इन्कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्। 8मिश्रदेशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्। 9तिनीहरूले अब के भन्दैछन् सो सुन्, तर तिनीहरूलाई गम्भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्तो शासन गर्नेछन्।”
10राजाको माग राख्ने मानिसहरूलाई परमप्रभुले भन्नुभएका सबै कुरा शमूएलले बताइदिए। 11तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्: उनले तिमीहरूका छोराहरूलाई आफ्ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्। 12कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्। 13उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खानेकुरा पकाउने र रोटी बनाउने कामको निम्ति लानेछन्। 14उनले तिमीहरूका सबैभन्दा असल खेतहरू, दाखबारी र भद्राक्षका बारीहरू लगेर आफ्ना नोकर-चाकरहरूलाई दिनेछन्। 15आफ्ना पदाधिकारी र नोकर-चाकरहरूलाई दिनका निम्ति उनले तिमीहरूका अन्नको र दाखको फसलको दशौँ अंश लानेछन्। 16उनले तिमीहरूका कमारा-कमारीहरू, र तिमीहरूका सबैभन्दा असल गाई-भैँसीहरू र गधाहरूलाई लगेर आफ्नै काममा चलाउनेछन्। 17उनले तिमीहरूका भेड़ाबाख्राहरूका बथानको दशौँ भाग लानेछन्, अनि तिमीहरू आफै पनि उनका कमारा हुनेछौ। 18त्यो समय आउँदा तिमीहरूले चुनेका राजाबाट छुटकाराको निम्ति तिमीहरू कराउनेछौ, तर त्यस दिन परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछैन।”
19तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे। तिनीहरूले भने, “होइन, हामीमाथि राजा हुनैपर्छ। 20तब हामीलाई शासन गर्ने र लड़ाइँ गर्न लैजाने राजा पाउँदा हामी अरू जातिहरूजस्तै हुनेछौं।”
21मानिसहरूले भनेका कुरा सुनेपछि शमूएलले परमप्रभुको अगि दोहोर्याए। 22अनि उहाँले यस्तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्ति एक जना राजा नियुक्त गर्।”
तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्नो घरमा पठाइदिए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 8: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: