YouVersion लोगो
खोज आइकन

२ शमूएल पुस्‍तक परिचय

पुस्‍तक परिचय
दोस्रो शमूएलको पुस्तक पहिलो शमूएलसँगै जोडिएको सिलसिला हो। यस भागमा हामी दाऊद राजाको शासनको विवरण सविस्तार अध्ययन गर्छौ। १-४ अध्यायसम्म हामी दाऊदले दक्षिणको यहूदा प्रान्तमाथि राज्य गरेको घटना देख्छौं। त्यसपछि ५-२४ अध्यायसम्म हामी दाऊद राजाले उत्तरी इस्राएल लगायत सम्पूर्ण राष्‍ट्रमाथि आफ्नो शासन कायम गरेको विवरण पढ्छौं। राजा दाऊदले परमेश्‍वरमाथि गहिरो भक्ति राखेका थिए। तर त्यही राजा पापमा गिरेको र परमेश्‍वरको सजायमा परेको वृतान्त पनि हामी यहाँ पढ्न पाउँछौं। दाऊदको पश्‍चात्ताप र नम्रता यो पुस्तकको एउटा मुख्य विषय हो। उनको नेतृत्वसँग प्रभावित बनेर इस्राएलीहरूले “दाऊदको सन्तान” नै आफ्नो राजा होस् भनी चाहना राख्‍न थालेका थिए।

अहिले सेलेक्ट गरिएको:

२ शमूएल पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्