२ थेसलोनिकी पुस्तक परिचय
पुस्तक परिचय
थेसलोनिकीहरूलाई पावलले पहिलो पत्र लेखेको थोरै समयपछि यो दोस्रो पत्र कोरिन्थबाट पठाइएको थियो।
कुनै-कुनै थेसलोनिकी ख्रीष्टियानहरूले येशू ख्रीष्ट फेरि आउन लाग्नुभएको छ भन्ने पावलको पहिलो पत्रबाट बुझेका थिए। पावलले येशू ख्रीष्ट “अचानक” आउनुहुनेछ भनेर लेखेका थिए (१ थेसलोनिकी ५:३), तर ती थेसलोनिकीहरूले येशू तुरून्तै आउनुहुन्छ भनेर सम्झे। यसैकारण तिनीहरूमा धेरै जनाले आ-आफ्ना काम छोडेर ख्रीष्टको बाटो हेर्दै त्यसै बसिरहेका थिए। ख्रीष्टको आगमनको विषयमा तिनीहरूको गलत धारणा हटाउनलाई र तिनीहरूलाई “उठ, काम गर, अल्छी नगर” भन्ने अर्ती दिनलाई पनि पावलले यो पत्र लेखेका थिए।
अहिले सेलेक्ट गरिएको:
२ थेसलोनिकी पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012