YouVersion लोगो
खोज आइकन

एस्‍तर 10

10
मोर्दकैको महानता
1राजा अहासूरसले आफ्‍ना साम्राज्‍यभरि समुद्रको किनारका देशहरूसम्‍म कर तिर्न लगाए। 2राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्‍सेका सम्‍मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्‌। 3यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्‍ना स्‍वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्‍ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्‍ति बोले।

अहिले सेलेक्ट गरिएको:

एस्‍तर 10: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्