YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 15:23-25

प्रस्‍थान 15:23-25 NNRV

अनि मारा भन्‍ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्‍यो तीतो थियो। (यसैले त्‍यसको नाउँ मारा भयो।) यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।