प्रस्थान 15:23-25
प्रस्थान 15:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।
प्रस्थान 15:23-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिनीहरू मारा आइपुगे, तिनीहरूले त्यहाँको पानी पिउन सकेनन्; किनकि त्यो तितो थियो। (त्यसैकारण त्यस ठाउँलाई मारा भनिन्छ।) यसकारण मानिसहरू मोशाको विरुद्धमा यसो भन्दै गनगन गर्न थाले, “हामीले के पिऔँ?” तब मोशाले याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई एउटा काठको टुक्रा देखाउनुभयो। जब तिनले त्यसलाई पानीमा फाले, तब त्यो पानी मिठो भयो। त्यहाँ याहवेहले तिनीहरूका निम्ति एउटा नियम र निर्देशन बनाउनुभयो; अनि त्यहीँ नै उहाँले तिनीहरूको जाँच लिनुभयो।
प्रस्थान 15:23-25 पवित्र बाइबल (NERV)
तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।) मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?” मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो। त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।
प्रस्थान 15:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब तिनीहरू मारा भनिने ठाउँमा पुगे तर त्यहाँको पानी यति तितो थियो कि तिनीहरू कसैले पनि पिउन सकेनन्। त्यसैकारण त्यसको नाम मारा राखिएको थियो। मानिसहरू मोशासित गनगनाउन थाले र भने, “अब हामी के पिउने?” मोशाले परमप्रभुलाई हृदयदेखि प्रार्थना गरे अनि परमप्रभुले उनलाई एउटा दाउराको टुक्रा देखाइदिनुभयो। मोशाले त्यो दाउराको टुक्रा पानीमा हालिदिए र त्यो पानी पिउन लायकको भयो। त्यही ठाउँमा परमप्रभुले तिनीहरूलाई जिउनको निम्ति नियमहरू दिनुभयो। त्यहीँ उहाँले तिनीहरूको जाँच पनि गर्नुभयो।