प्रस्थान पुस्तक परिचय
पुस्तक परिचय
प्रस्थानको पुस्तकको शीर्षक प्रस्थान १:१ र उत्पत्ति ४६:८ “आ-आफ्नो परिवार लिएर याकूबसित मिश्रमा जाने इस्राएलका छोराहरूका नाउँ यिनै हुन्” बाट राखिएको हो। यसकारण प्रस्थानको पुस्तक एउटा छुट्टै घटना क्रमको पुस्तक पनि हो।
आफ्ना जन इस्राएलीहरूलाई पाप र दासत्वको बन्धनबाट अचम्मको छुटकारा दिने शक्तिशाली ईश्वरको रूपमा हामी परमेश्वरलाई यस पुस्तकमा भेट्टाउँछौं। यस पुस्तकले परमेश्वरको नाम, गुणहरू, छुटकाराको काम, व्यवस्था र उहाँको आराधना कसरी गर्ने भन्ने बारेमा ईश्वर-विज्ञानको जग बसाल्ने काम गरेको छ। यस बाहेक परमेश्वरले आफ्ना मानिसलाई वास्ता र सम्झना गर्नुहुन्छ भन्ने कुरा मुख्य रूपमा उल्लेख गरिएको छ (प्रस्थान २:२४; ३:१५-१७; ६:२-८; १९:३-८)।
अहिले सेलेक्ट गरिएको:
प्रस्थान पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012