हाग्गै पुस्तक परिचय
पुस्तक परिचय
हाग्गैको अर्थ “चाड वा उत्सव” हो। यो नाउँले यो कुराको निर्देशन गर्छ कि उनी तीर्थयात्राको चाडमध्ये (अखमिरी चाड, पेन्तिकोसको चाड वा साताहरूको चाड अथवा छाप्रो-वासको चाड) कुनै एक समयमा जन्मेका थिए (व्यवस्था १६:१६)। २:३ अनुसार हाग्गै सोलोमन राजाको मन्दिरको विध्वंसको साक्षी थिए। उनले आफ्नो सेवा सुरु गर्दा उनी ७० वर्षका थिए। कैदबाट यहूदाका मानिसहरू बेबिलोनबाट फर्केपछिको पहिलो भविष्यवक्ता हाग्गै थिए।
५२० ई.पू. मा हाग्गै र जकरियाले मानिसहरूलाई मन्दिरको पुनर्निर्माण गर्न उत्साह दिए। विरोधीहरूभन्दा वास्तवमा यहूदीहरू नै बढी दोषी थिए, मन्दिरको पुनर्निर्माण रोकिनमा। यसरी दारा राजाको सहयोगमा मन्दिरको पुनर्निर्माण सकेर परमेश्वरमा अर्पण गरे (एज्रा ६:१५-१८)।
यस पुस्तकमा २५ पटक भन्दा पनि बढी हाग्गैको सन्देशको अधिकार र श्रोतको विषयमा उल्लेख गरिएको वाक्यांस “परमप्रभु भन्नुहुन्छ” पाउँछौं।
हाग्गैको यस भविष्यवाणीमा जम्मा चार वटा सन्देश दिएको थियो: १:१-१५, हप्काइ र अर्तिको सन्देश; २:१-९, उत्साहको सन्देश; २:१०-१९, आशिष्को सन्देश; र २:२०-२३, आशाको सन्देश।
अहिले सेलेक्ट गरिएको:
हाग्गै पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012