तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन, तर अघाउञ्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।” तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।” यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ? हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।” तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।
यूहन्ना 6 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 6:25-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू