YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:3-11

यूहन्‍ना 8:3-11 NNRV

शास्‍त्री र फरिसीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र त्‍यसलाई माझमा उभ्‍याए। तिनीहरूले उहाँलाई भने, “गुरुज्‍यू, यो स्‍त्री व्‍यभिचारको कर्ममा पक्राउ परी। व्‍यवस्‍थामा मोशाले यस्‍ताहरूलाई ढुङ्गाले हान्‍ने हामीलाई आज्ञा दिएका छन्‌। तपाईं यसको बारेमा के भन्‍नुहुन्‍छ?” तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्‍छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्‍नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्‍यसैले यस स्‍त्रीलाई पहिले ढुङ्गा हानोस्‌।” अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्‍नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्‍म एक-एक गरेर गए, र येशू त्‍यस स्‍त्रीसँग एकलै छोडिनुभयो, अनि त्‍यो स्‍त्रीचाहिँ उहाँको अगि उभिरही। येशूले त्‍यस स्‍त्रीलाई हेरेर भन्‍नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्‍ड दिएन?” त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।”]